दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
सुर्खेतबाट कालीकोटका लागि छुटेको सुप ०१००१ च ४९६४ नम्बरको डबल क्याप बलेरो जिप भैरवी गाउँपालिका–७ कालिगौडा भित्री सडक खण्डमा दुर्घटना हुँदा तीजनाको मृत्यु भएको हो भने पाँचजना घाइते भएका छन् ।
मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, सोही गाउँपालिका–४ का ३९ वर्षीय मित्र सुनार र वडा नम्बर ६ की ६० वर्षीया पुल्तिसरा विक छन्।
यस्तै, घाइते हुनेहरुमा शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय चक्र सुनार र ४७ वर्षीय नैने सुनार शुभकालिका–६ का २० वर्षीय भरत विक, कलम सुनार र सुमत विक रहेका छन्। जिप सडकबाट करिब ३ सयदेखि ४ सय मिटर तल खसेको छ ।