भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

  • मिति : जेष्ठ ११, २०८३
667 Shares

काठमाडौँ । प्रहरीले सप्तरीबाट भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित प्रमाणपुरबाट भ्रष्टाचार मुद्दामा फरार जनक किशोर चौधरीलाई पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले बताए ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । चौधरीलाई भ्रष्टाचार मुद्दामा अदालतले ६ महिना कैद र २ लाख २० हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । चौधरीलाई अदालतमा उपस्थित गराइने एसपी केसीले जानकारी दिए ।