तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री थलापति विजयले लिए शपथ

  • मिति : बैशाख २७, २०८३
803 Shares

काठमाडौं । भारतको तमिलनाडु राज्यका नवनियुक्त मुख्यमन्त्री जोसेफ विजय (थलापति)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार बिहान विजयले चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा शपथ लिएका हुन् । यो स्टेडियममा पहिलोपटक मुख्यमन्त्रीको शपथग्रहण समारोह गरिएको हो । परम्परागत रूपमा राजभवन या मद्रास विश्वविद्यालयमा हुने गरेको समारोह पहिलोपटक रंगशालामा जनताको बीचमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तमिलगा वेत्री कझगम (टीभीके)का प्रमुख विजयलाई कांग्रेस, सीपीआई, सीपीआई (एम), भीसीके र आईयूएमएल गरी बहुमत संख्या ११८ बढी १२१ विधायकहरूको समर्थन रहेको छ ।

अब विजयीले मे १३ सम्ममा सदनमा विश्वासको मत लिनुपर्नेछ । तमिल सुपरस्टार समेत रहेका विजयको शपथ समारोहमा लोकसभामा विपक्षी दलका नेता रहेका कांग्रेस सांसद राहुल गान्धी लगायत फिल्म क्षेत्रका कलाकारहरू समेत उपस्थित थिए ।