कालीगण्डकी नदीको बहाव हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

  • मिति : अशोज १२, २०८३
174 Shares

बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

कालीगण्डकी नदीको बहाव पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।