नारायणी पुलमा अड्किएको राइनो क्रुज निकालिँदै

  • मिति : अशोज १२, २०८३
327 Shares

चितवन । नारायणी नदीको पुलको छेउमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास भइरहेको छ ।

पुलको संरचनामा कुनै क्षति नपुग्ने गरी क्रुज निकाल्न प्राविधिक टोलीले काम थालेको हो । क्रुजलाई क्रेनमार्फत निकाल्न आवश्यक बाटो निर्माणका लागि दुई वटा डोजर प्रयोग गरिएको छ ।

क्रेन सहज रूपमा पुग्नसक्ने बाटो निर्माण गर्न सडक डिभिजन प्रमुखसहित इन्जिनियरहरूको टोली घटनास्थलमा खटिएको छ ।

नारायणी नदी पुलबाट सवारीसाधनको आवतजावत भने भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।