घुँडा टेकाउने इजरायलको धम्कीप्रति इरानले भन्यो– मैदानमै जवाफ दिन्छौँ

  • मिति : चैत्र ९, २०८२
1.5K Shares

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धमा अमेरिकाका लागि इजरायलका राजदूत येचियल लेटरले इरानलाई घुँडा टेकाउन नसकेसम्म इजरायलले सैन्य कारबाही जारी राख्ने बताएका छन् । सीएनएनसँगको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

येचियलले इजरायलमाथि मिसाइल आक्रमण भइरहेको भन्दै अब सहन नसक्ने समेत बताए ।

यसैबीच, इरानी राष्ट्रपति मसूद पजाकियानले कुनै पनि आक्रमणको जवाफ मैदानमा दिइने स्पष्ट पारेका छन् । उनका अनुसार यदि इरानको आणविक प्लान्टलाई निशाना बनाइयो भने इरानले होर्मुज जलडमरू पूर्ण रुपमा बन्द गर्नेछ र आक्रमणका अभियान तीव्र पारिनेछ ।