काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ होटेल र काठमाडौंको बालुवाटारमा रहेको टेस्ला डाएग्नोस्टिकसँग विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त होटेलमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छुट र स्पामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, टेस्ला डाएग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स–रे, डेन्टल ओपीजी, औषधि तथा अन्य धेरै सुविधाहरुमा ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल बैंकिङद्धारा गर्न भुक्तानी गर्नु पर्नेछ ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले विशेष अटो लोन योजना आधार दर प्लस ०.०० प्रतिशतमा ल्याएको छ ।