मकवानपुरमा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु

2.9K Shares

मकवानपुरमा अरिंगालले टोकेर एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ छापडाँडाका ३२ वर्षीय सुमन गोलेको बिहीबार बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि १ किलोमिटर दक्षिण छिमेकीको बारीमा काम गर्ने क्रममा बुधबार उनलाई अरिंगालले टोकेको थियो ।

घाइते गोलेलाई उपचारका लागि काठमाडौँको फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो ।

उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।