काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विश्राम दिन आज कुनै पनि खेल राखिएको छैन ।
लिग चरणका खेल सम्पन्न भएपछि आज विश्राम राखिएको हो ।
लिग चरणबाट लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।
अब पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर भोलि हुनेछ ।
इलिमिनेटरमा काठमाडौं गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल पर्सी र दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।
पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् ।
इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ ।
फाइनल मंसिर ५ गते हुनेछ ।