काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

  • मिति : कार्तिक १२, २०८३
429 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिए ।

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।