विराटनगरविरुद्ध मलानको आक्रामक ब्याटिङ, ७० रन बनाएर आउट

  • मिति : कार्तिक ११, २०८३
174 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक बनाउने खेलाडी चितवन राइनोजका डेभिड मलान बनेका छन्।

त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्धको खेलमा मलानले ४१ बलको सामना गर्दै ५० रन पूरा गरेका हुन्। आक्रामक ब्याटिङ गरेका उनले ५१ बलमा ७० रनको योगदान दिए।

मलानको इनिङ्समा ५ चौका र ५ छक्का समावेश थियो। उनको ब्याटिङका कारण चितवनले खेलमा बलियो सुरुवातसमेत पाएको थियो।

मलानलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका हुन्। रसेलले चितवनको इनिङ्सको १३औँ ओभरको दोस्रो बलमा मलानको विकेट लिएका थिए।