सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

  • मिति : अशोज १५, २०८३
378 Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुनको मूल्य तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँ नै थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ७९४ रुपैयाँ कायम गरिएको छ ।