काठमाडौँ : आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले आज असोज १५ गतेदेखि असोज २६ गतेसम्म विद्युत् आपूर्ति कटौती गरिने जनाएको छ ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम हुने प्राधिकरणले जनाएको छ ।
सो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ ।
जसअनुसार असोज १५ गते सतुंगल–बौथली क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
असोज १६ गते मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक,
असोज १७ गते मुलपानी,
असोज १८ गते गुर्जुधारा र २० गते पुनः मुलपानी क्षेत्रमा लाइन काटिने छ ।
२१ गते बलम्बु,
२२ गते कोटेश्वर–बालकुमारी,
२४ गते सिफल,
२५ गते सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने प्राधिकरणले जनाएको छ ।