रौतहट । रौतहटको गढीमाई नगरपालिका–७ धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ९ः१५ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका ६ वर्षीय छोरा रितिक यादवलाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका रितिकलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा बिहान १०ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ । ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा राखिएको छ ।
घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका