काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रबाट चिसो हावा आएको छ ।
उद्वारमा खटिएका रास्वपा सांसद एवम् इन्जिनियर श्रीराम न्यौपानेका अनुसार नेपाली सेनाको उद्दार टोलीले करिब १०५ मिटर भित्रबाट बाहिर पट्टी चिसो हावा आएको र हावा दोहोरो बहाव भएको जानकारी दिएको हो ।
यसैगरी, सुरूङभित्र आवाज गएको र भित्र इको आवाज सुनिएको छ ।