काठमाडौं । नेपाली काँग्रेसले १५औँ महाधिवेशनका लागि महाधिवेशनस्थल बुकिङका लागि पत्र पठाएको छ । काँग्रेसले राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा महाधिवेशन गर्ने तय गर्दै बुकिङका लागि पत्र पठाएको हो । महाधिवेशन असोज १५ देखि २० गतेसम्मका लागि तोकिएको छ ।
सोही अनुसार पाँच दिनका लागि ठाउँ बुकिङका लागि पत्र पठाइएको हो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाउँदै प्रदर्शनी हल, पार्किङ स्थल र बगैंचा बुकिङ गरिदिन आग्रह गरेका हुन्।
कांग्रेसले यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका ल्याएकोमा त्यसलाई संशोधन गरेर नयाँ कार्यतालिका ल्याउने तयारी छ ।