काठमाडौँ : प्रहरीले धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जितकुमार राम र धनुषा घर भएका राकेश राम छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोका एक जना अधिकृतले बताए ।
बिहीबार घर भएका सञ्जितकुमार रामले भारतबाट खैरो हेरोइन ल्याएर मधेस प्रदेशका जिल्लाहरूमा बेच्न खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ ।