भोटेकोशी बाढी : हेलिकप्टरबाट उद्धार कार्य जारी

  • मिति : भदौ २१, २०८३
293 Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना र भारतीय टोलीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन्। अप्ठ्यारो भौगोलिक अवस्था र सडकमार्गबाट तत्काल पुग्न कठिन स्थानमा हेलिकोप्टरमार्फत उद्धार टोली परिचालन गरिएको छ।

स्याफ्रुबेँसीको प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना र भारतीय टोलीका सदस्यहरूले हेलिकोप्टरमार्फत जोखिमपूर्ण स्थानमा पुगेर उद्धार तथा राहत कार्य गरिरहेका छन्।