काठमाडौंसहित आज यी जिल्लामा छ आकस्मिक बाढीको सम्भावना

  • मिति : भदौ १७, २०८३
429 Shares

काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार बाढीको आकस्मिक बाढीको सम्भावना रहेको छ ।

रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।