काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्कालै पूर्ण रूपमा ट्रिपिङ रोक्न चुनौतीपूर्ण रहेको बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले विद्युत् उत्पादन मात्रै नभई प्रसारण र वितरण प्रणाली समेत भरपर्दो हुनुपर्ने भन्दै पूर्ण रूपमा स्तरोन्नति नभएसम्म यो पूर्ण रूपमा बन्द नहुने उनले बताए श्रेष्ठले पछिल्लो समय उच्च रूपमा बढेको विद्युत्को माग पनि अहिलेको चुनौती रहेको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा सरकारले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको विद्युत् निर्यात र १० अर्ब ५७ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको उनले जानकारी दिए ।