काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको खुला सीमा बन्द गरेर भिसा सिष्टममा जानुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल–भारतबीच पनि भिसा सिष्टम चलाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ। सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन्।’
नेपाल र भारतको जस्तो खुला सीमा अन्य कुनै पनि देशमा नरहेको उनको भनाइ छ । सीमा खुला हुँदा मानव बेचविखनसहित आपराधिक गतिविधि बढेको साम्पाङले बताए ।