दुर्गा प्रसाईंबिनै ‘जय नेपाल पार्टी’ दर्ता

  • मिति : साउन २९, २०८३
276 Shares

काठमाडौँ ।  राप्रपाका पूर्वमहामन्त्री  डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।

७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।

दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रंगमा त्रिभुज चिह्न राखिने छ ।

मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरु दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।