कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

  • मिति : साउन २८, २०८३
327 Shares

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुँदै छन् । साढे पाँच महिनाअघि उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर उडेका देउवा एक्लै स्वदेश फर्किन लागेका हुन् । देउवा बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

देउवाको स्वागतका लागि पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेता तथा कार्यकर्ता विमानस्थल जाने तयारी छ । नेता तथा कार्यकर्तालाई बिहान साढे ११ बजे विमानस्थलमा पुग्न भनिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि देउवाको स्वागतका लागि विमानस्थल पुग्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कात्तिक १० गते राति सिंगापुर गएका थिए ।