टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन

  • मिति : असार १, २०८३
582 Shares

काठमाडौँ । कैलालीमा टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।

समितिलाई सत्य तथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भिरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।