ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

  • मिति : असार १, २०८३
293 Shares

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं नै फर्काइएको छ ।

सोमबार बिहान करिब ७ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो । प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए । उनका अनुसार जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन् । जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको उनले जानकारी दिए ।