सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुँदै

  • मिति : असार १, २०८३
548 Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३/८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ ।

आज अपराह्न ४ बजे आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यस पटक सरकारले हालसम्मकै सबैभन्दा ठूलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए ।

चालु आर्थिक वर्षको बजेटबाट कम्तिमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले बताए । बजेटको आकार वृद्धिको अन्य आधारमा आन्तरिक राजश्वमा चालु आर्थिक वर्षभन्दा वृद्धि हुने बजेट निर्माणको तयारीमा रहेका अधिकारीहरूको भनाई छ । वन स्रोतको कच्चा पदार्थ, गिट्टी बालुबाट पनि राजश्व लगायत थप हुने आंकलन गरिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले आन्तरिक राजश्वको कूल अंक एक अर्ब ६५ करोड हुने अनुमान गरेको थियो ।

आर्थिक मामिला सरकारले यस पटक सांसदहरूलाई बेग्लै बजेट दिन सरकारले उनीहरूबाट बजेट आयोजना संकलन गरिसकेको छ । सरकारले सांसदहरूका लागि बजेट बढाएर कूल ३ अर्ब २९ करोड बजेट भागबण्डा यसअघि नै गरिसकेको छ ।

मुख्यमन्त्री कार्यालयले सांसदहरूबाट बजेट अंक र आयोजनाको सूची संकलन गरिसकेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाखभन्दा कम बजेटका आयोजना नराख्ने घोषणा गरे ।

मुख्यमन्त्री शाहको नेतृत्वमा यो तेश्रो बजेट आउनेछ । एउटा बजेट भने पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको नेतृत्वमा प्रस्तुत भएको थियो । तर सो बजे प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।