दुई मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु

  • मिति : जेष्ठ ३१, २०८३
684 Shares

काठमाडौँ : दोलखामा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अरु दुई युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा एक जना सशस्त्र प्रहरी जवान पनि छन्।

भिमेश्वर नगरपालिका- ५ पिपलबोट स्थित लामोसाघु- जिरी सडकखण्डमा चरिकोटबाट जिरी तर्फ जादै गरेको बा.प्र. ०२-०६२ प ८४६६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको बा.८० प ७९७३ नम्बारे मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनामध्ये एक युवकको पशुपति चौलागाई स्मृति अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा बा.८० प ७९७३ नम्बरको मोटरसाइकलमा सवार दोलखाको बैतेश्वर-८ क्षेत्रपा बस्ने वर्ष २२ का रसिक श्रेष्ठ छन्। अन्य २ जना गम्भीर घाइतेको धुलिखेल अस्पताल काभ्रेमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ।

बैतेश्वर गाउँपालिका-२ पुतलीकाठ घर भइ १४ नम्बर गण मकवानपुरमा कार्यरत सशस्त्र प्रहरी जवान वर्ष २६ का उमेश तामाङ र दोलखाकै भिमेश्वर नगरपालिका-६ चोथाङ बस्ने वर्ष १९ को बिबेक थामीको धुलिखेलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।