काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का छातीमा नेपालको नक्सा अंकित लोगो लगाएर प्रतिनिधिसभामा मुलुकको सिमानाका विषयमा विभाजित बहस गर्नपर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय दिएर नेकपाका सांसद प्रमेश हमालले त्यस्तो बताएका हुन् ।
‘छातीमा नेपालको नक्सा लगाएर नेपालको सिमानाको सन्दर्भमा विभाजित भएर बहस गर्दा मन गह्रुङ्गो भएको छ,’ हमालले भने । उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भू अखण्डताको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएको बताए । संसारका कुनै पनि सत्तासीन नेताहरूले सीमाको सम्बन्धमा यस्तो अभिव्यक्ति दिँदैनन् भन्दै व्यङ्ग्य गरे । उनले प्रधानमन्त्रीले सदनको रोष्ट्रममा आएर माफी माग्नुपर्ने र उनले बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए ।