अमेरिका र इरान ६० दिने युद्धविराममा सहमत, ट्रम्पको स्वीकृति बाँकी

  • मिति : जेष्ठ १५, २०८३
871 Shares

काठमाडौं । अमेरिका र इरान ६० दिने युद्धविराम सम्झौतामा सहमत भएको दाबी गरिएको छ । यसमा अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृति मात्र बाँकी रहेको अमेरिकी समाचार संस्था एक्सियोसले जनाएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार दुई देशहरू युद्धविरामको अवधि बढाउने र इरानको आणविक कार्यक्रममा औपचारिक वार्ता पुनः सुरु गर्न सहमत भएको छ ।

रिपोर्टका अनुसार ट्रम्पले सम्झौताको बारेमा निर्णय गर्न केही दिनको समय मागेका छन् । यता, इरानले अहिलेसम्म आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन ।

प्रस्तावित सम्झौताअन्तर्गत हर्मुजको जलडमरूमबाट ढुवानी निर्वाध रूपमा जारी रहनेछ । इरानले ३० दिनभित्र समुद्री खानीहरू हटाउनुपर्नेछ, र ढुवानीमा टोल लगाउने छैन । अमेरिकाले आफ्नो नौसेना नाकाबन्दी हटाउनु पर्नेछ ।