कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटघाट

  • मिति : जेष्ठ १, २०८३
616 Shares

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटघाट भएको छ । उनीहरूबीच शुक्रबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । सभापति थापासँग बिहान ११ बजेपछि भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

सभापति थापा र मुख्यमन्त्री शाहबीच सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भएको बताइएको छ । मुख्यमन्त्री शाहको सचिवालयअनुसार प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीलाई पनि सहभागी गराउने आन्तरिक तयारी छ । मुख्यमन्त्री शाहले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका बताइएको छ । सचिवालयले पनि एमाले अध्यक्ष ओलीसँग भेट भएको पुष्टि गरेको छ ।