दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

  • मिति : बैशाख २७, २०८३
1.1K Shares

काठमाडौँ : सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११:५५ बजे भूकम्प गएको हो।

दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन।