मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

  • मिति : बैशाख ५, २०८३
2.8K Shares

काठमाडौं : सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ स्थित मझौरामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

जिल्लास्थित पातो–कठौना भित्री सडक खण्डमा शुक्रबार पातोबाट अर्नाहा तर्फ जाँदै गरेको स ८ प ९८९३ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही मोटरसाइकलमा पछाडि सवार अन्दाजी ५५ वर्षीया मन्जु देवी मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।