इजरायलमाथि इरानले गर्‍यो क्लस्टर मिसाइल प्रहार

  • मिति : चैत्र १०, २०८२
3.3K Shares

काठमाडौं । इरानले इजरायलको हाइफामा क्लस्टर मिसाइल प्रहार गरेको छ ।

इजरायली सेनाका अनुसार इरानले प्रहार गरेको क्लस्टर मिसाइल हाइफा नजिकैको नेशेर सहरमा खसेको हो ।

रिपोर्टका अनुसार, मिसाइल आक्रमणबाट एउटा भवनमा क्षति पुगेको छ र नजिकैका धेरै स्थानहरूमा भग्नावशेषहरू छरिएका छन् । त्यहाँका स्थानीयहरु पहिले नै सुरक्षित स्थानमा सरेका थिए, जसले गर्दा ठूलो क्षति हुनबाट जोगिएको छ ।