बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • मिति : अशोज १२, २०८३
72 Shares

झापा : झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।

सोमबार भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४, का १८ वर्षीय करण राजवंशी र पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक करण राजवंशीलाई १२ः१० बजे चिकित्सकले मृत घोषणा गरेका छन् । पछाडि सवार अजय राजवंशीको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल, बस तथा बस चालक बाह्रदशी गाउँपालिका–१, सालघारीका ४१ वर्षीय धनबहादुर खड्कालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।