पाकिस्तानमा प्रदर्शनकारीमाथि अमेरिकी सेनाले गोली प्रहार गरेको खुलासा

  • मिति : फाल्गुन १९, २०८२
4K Shares

काठमाडौं । गएको साताको अन्त्यमा पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनकारीले धावा बोले । त्यसक्रममा अमेरिकी मरिन्सले उनीहरूमाथि गोली चलाएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एजेन्सीले प्रदर्शनकारीमाथि गोली प्रहार गर्न मरिन्स संलग्न रहेको पुष्टि गरेको छ । मरिन्सले चलाएको गोली कसैलाई लागे/नलागेको वा त्यसबाट मृत्यु भए/नभएको स्पष्ट छैन ।

दूतावासको सुरक्षामा खटिएका अरू सुरक्षाकर्मी (निजी सुरक्षा गार्ड र स्थानीय प्रहरी)ले पनि गोली चलाए/नचलाएको आफूहरूलाई थाहा नभएको उनीहरूले बताएका छन् ।

प्रदर्शनकारी परिसरको बाहिरी पर्खाल भत्काएर भित्र प्रवेश गरेका थिए । त्यसक्रममा कम्तीमा १० जनाको मृत्यु भएको थियो । प्रान्तीय सरकारका प्रवक्ता सुखदेव असरदास हेमनानीले सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् । तर, ती सुरक्षाकर्मी कुन निकायका थिए भन्ने खुलाएका छैनन् ।