पाकिस्तानको शाङ्गला जिल्लामा बाढीः एकै गाउँका २० सहित ३६ जनाको मृत्यु

  • मिति : भदौ २, २०८२
3.2K Shares

इस्लामाबाद । मुसलधारे वर्षापछिको बाढीका कारण पाकिस्तानको शाङ्गला जिल्लाको ख्वर बन्द गाउँलाई तहसनहस पारेको छ । यहाँ बाढीका कारण सो गाउँमा मात्रै २० जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान आएको विनाशकारी बाढीमा परेर पाँच जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अचानक आएको बाढीमा परेर जिल्लाभरमा कुल ३६ जनाको मृत्यु भएको छ ।

हालैका दिनमा मुसलधारे वर्षा र बाढीले पाकिस्तानमा सयौंको मृत्यु भएको छ । क्लाउड ब्रष्टको चपेटामा आएको खैबर पख्तुन्ख्वा प्रान्तमा ३२३ जनाको मृत्यु भएको समाचार आएको थियो ।