नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

  • मिति : मंसिर २०, २०८१
5.3K Shares

काठमाडौं ।  जिमी नीशमको अलराउण्ड प्रदर्शन मद्तमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनफीएलमा लगातार तेस्रो जित हात पारेको छ । जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।