दुर्गा प्रसाईंलाई अदालत लगियो, १० दिन हिरासतमा राख्न अनुमति मागिने

5.7K Shares

काठमाडौं। विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएको छ । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको हो । प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले प्रसाईंलाई आइतबारै अदालतमा उपस्थित गराउन लागिएको बताए । प्रहरीका अनुसार, उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी छ ।

सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीले १० दिन हिरासतमा राख्न अनुमति माग्छौं, अदालतले कति दिन्छ त्यसबेलै थाहा हुन्छ । ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईंविरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।