पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

3.2K Shares

हेटौँडा । निरन्तर झरीसँगै आएको पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध भएको छ ।

ललितपुर जिल्लामा पर्ने झाँक्री डाँडामा पहिरो जाँदा  भट्टेडाडाबाट मकवानपुर तर्फ जाने कान्तिलोकपथ अवरुद्ध भएको हो ।

हिजो साँझ ७ः४५ मा पहिरो गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।