सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

2.6K Shares

काठमाडौं ।  बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय २० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ३५ रूपैयाँ कायम भएको छ ।