काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को २८ औ साधारण सभा र २९औ अधिवेशन यहि असार ३१ गते ठमेल स्थित अलफ्ट होटलमा सम्पन्न हुदैछ। एक कार्यकाल अध्यक्ष बनिसकेका भविश्वर शर्मा फेरि अर्को पटक पनि अध्यक्ष हत्याउने दाउमा छन। तर आफ्नो उमेद्वार भविश्वर शर्मालाई दुई-दुई पटक सम्म संस्थाको प्रमुख जिम्मेवारिमा लैजाने ठेक्का लिएका केहि चुनावि गिरोहहरु हतोत्साहित भईसकेको बुझिन्छ। एका तिर ने क पा एमाले निकट व्यवसायिहरुलाई टानको आगामि चुनावमा अध्यक्ष बनाउने प्रलोभन देखाउदै भविश्वर शर्मालाई सहयोग गरिदिन भनेर पटक पटक अनुरोध गरिरहेको र अर्का तिर ने क पा माओवादि निकट व्यवसायिहरुलाई उस्तै प्रलोभन देखाउदै ठमेल पर्यटन विकास परिषद् मा आफ्नो उमेद्वारलाई दोश्रो पटक निर्वाचित गराउन ठेक्का लिएका केहि चतुर खेलाडिहरुको भित्रि योजना छताछुल्ल भई सवैले बुझिसके पछि पछिल्लो समय प्राय सवै व्यवसायिहरु एउटै संस्थामा एउटै नेतृत्व पटक पटक दोहोरिन हुदैन भन्ने निश्कर्षमा पुगेका हुन। यसो भए संगै अध्यक्षका प्रत्यासि ध्रुब अधिकारिको जित लगभग निश्चित भएको छ।
एकाएक ठमेल पर्यटन विकास परिषद्को निर्वाचन माहोल आफु प्रतिकुल परिवर्तन भए संगै केहि एक खाले समुह पुनः विभिन्न खालको प्रलोभन, डर, धम्किका तुरुप फाल्ने जस्ता काममा सकृय छन। यो पटकको निर्वाचन मा आम भोटरहरुले नो नट एगेनको नारालाई व्यापक रुपमा लागु गर्ने तयारि गरेको अवस्था मा केहि ठेकेदारहरु चिन्तित देखिन्छन्।
ठमेलका ८०% भन्दा बढि भोटरहरु एउटै व्यक्ति एउटै पदमा पटक पटक निर्वाचित हुने कुराको खुलेरै बिरोध गर्न थालेका छन।
यता ध्रुब अधिकारि समुहमा भोट नहाल्नको निम्ति अनेक खालको तामझाम सहितको भोज भतेरको आयोजना हरु गरिदै आएको भएता पनि भविश्वर शर्मा समुहको भोज बिक्न सकेको छैन।
ठमेल पर्यटन परिषद चुनावमा शर्माको फेरि अध्यक्ष बन्ने सपना असफल बन्दै
-
स्वस्तिका थापा
- मिति : असार ३०, २०८१
3.8K
Shares