नेपाली सेनामा सेवा निवृत्त भएपछि गुरुङ दुबई हुँदै आठ महिना अघि रुसी सेनामा भर्ती भएको र उनको निधन भएको खबर बुधवार प्राप्त भएको गुरुङको नाताले दाइ पर्ने आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । एम्बुसमा परी असार ५ गते निधन भएको खबर प्राप्त भएको उनले बताए । रुसी सेनामा कार्यरत साथी सुरज गुरुङले रञ्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन् । मृतक रञ्जित गुरुङको परिवारमा श्रीमती एक छोरा र एक छोरी छिन् ।
रुसी सेनामा कार्यरत तनहुँका गुरुङको मृत्यु
-
स्वस्तिका थापा
- मिति : असार १२, २०८१
4.2K
Shares