सर्वकल्याण संस्थाद्धारा स्टार्ट – अप कार्यक्रम सम्पन्न

5.7K Shares

काठमाडौ । सर्वकल्याण संस्थाद्धारा टोखा नगरपालिकाको सहयोगमा ७ दिने युवा उद्यमी स्टार्ट अप कार्यक्रम सम्पन्न भएको छ । “युवा स्वरोजगार :आर्थिक उन्नति भन्ने नारा सहित युवा उद्यमी सुरु गर्ने ( Start- up) प्रशिक्षण कार्यक्रम टोखा नगरपालिका स्थित तिलिङटार मा वि को मेयर सभा हलमा गरिएको थियो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि र विभिन्न वडाबाट युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वर्तमान समयमा युवा पुस्तामाझ विदेशिने लहर चलेको बेलामा आफ्नै सीप, स्थानीय स्रोत र साधनको प्रयोग गरी आफ्नै क्षमतामा देशमा नै केही गर्न सकिन्छ भन्ने हौसला, मार्गनिर्देशन गर्न र प्रशिक्षण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको र आजको दिनमा युवाहरुलाई यस्ता प्रकारका प्रशिक्षणहरु दिन आवश्य रहेको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

२०७३ सालमा स्थापना भई स्थापना भई समाजसेवामा अग्रसर संस्था सर्वकल्याण समाजले समाज सुधारको क्षेत्रमा धेरै कामहरू गरेको छ। वातावरण ,महिला नेतृत्व , मानसिक स्वास्थ्य, युवा सशक्तिकरण लगायत अन्य थुप्रै क्षेत्रहरूमा आफ्नो स्थापना काल देखि नै काम गर्दै आइरहेको छ र यस युवा उद्यमी स्टार्टअप कार्यक्रम युवा सशक्तिकरण अन्तर्गत रही सञ्चालन गरिएको र आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमहरूलाई निरन्तरता दिई समाजसेवामा सधैं सर्व कल्याण समाज अग्रसर रहने कुरा संस्थाका अध्यक्ष शारदा ढकालले बताए ।