रुसको एक कन्सर्ट हलमा आक्रमण; ६० जनाको मृत्यु, १४५ घाइते

1.8K Shares

काठमाडौं । रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

“शवको परीक्षण भइरहेको छ । आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ,” बीबीसीले समाचारमा उल्लेख गरेको छ, दुर्भाग्यवश, पीडितहरूको संख्या बढ्न सक्छ ।”