ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ९ वर्षको जेल

  • मिति : चैत्र ९, २०८०
1.9K Shares

ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे ।

स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजायँ सुनाएको हो । उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ ।