अफगानिस्तानमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

  • मिति : चैत्र ९, २०८०
3.2K Shares

एजेन्सी । अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।

बिहीवार भएको उक्त बम विस्फोटमा परी कम्तिमा ५० जना घाइते भएका छन्। बीबीसीका अनुसार विस्फोटको जिम्मा लिँदै इस्लामिक स्टेट (आईएस) ले तालिबानलाई लक्षित गरेर विस्फोट गराइएको बताएको छ। आईएसको समाचार संस्था अमाकले १५० जना तालिबान भेला भएको समूहलाई लक्षित गरेर विस्फोट गराइएको पनि बताएको छ ।