सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

  • मिति : फाल्गुन १, २०८०
3.8K Shares

काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने हिजो जस्तै तोलाको १३ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।