नेप्से साढे १० अंकले बढ्यो, चार अर्बको कारोबार

  • मिति : माघ २८, २०८०
3.8K Shares

यस दिन एक करोड पाँच लाख ७१ हजार ११९ कित्ता सेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये तीनवटाको समूहगत सूचक बढेको छ । १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । एनआईसी एसिया ग्रोथ फन्ड टुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।