आईसीसी यू–१९ विश्वकप : नेपाल भारतविरुद्ध खेल्दै

  • मिति : माघ १९, २०८०
3.6K Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल भारतविरुद्ध खेल्नेछ । नेपाल र भारतबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

भारत विश्वकपमा अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघिको खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

नेपाल समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तानविरुद्ध खेलमा भने नेपाल एक विकेटको जित निकालेको थियो ।