भरत दहाललाई निशर्त रिहा गर्न हर्क साम्पाङको माग

  • मिति : अशोज ५, २०८३
463 Shares

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक विश्लेषक भरत दहाललाई निसर्त रिहा गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले यस्तो माग गरेका हुन्। उनले वाक स्वतन्त्रताको सम्मान गर्न र ‘द ग्रे जोन’को कुरा गलत सावित गर्न चेतावनी समेत दिए।

‘राजनीतिक विश्लेषक भरत दहाललाई निशर्त रिहा गर्! वाक स्वतन्त्रताको सम्मान गर्! ‘द ग्रे जोन’को कुरा गलत सावित गर्!’ उनले भनेका छन्।